सुमार्गीले पैसा निकालेपछि सर्वोच्चले भन्यो–खाता रोक्नू
वि.सं.२०७५ पुस २५ बुधवार १०:४७
5.41K
shares
shares

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो ।
उक्त आदेशपछि सुमार्गीले मुक्तीश्री सिमेन्ट कम्पनीको नाममा आएको करीब ८४ करोड रुपैयाँ झिकिसकेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिनु र उनको खाता पहिलेकै अवस्थामा राख्नु पनि आदेश जारी गरेको छ ।




























