त्रिभुवन विश्वविद्यालयको १२०० रोपनी जग्गा बाँडचुँड
वि.सं.२०७५ पुस २५ बुधवार १०:५१
7.68K
shares
shares

काठमाडौं । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटक पटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार ५ सय रोपनीमात्र बाँकी छ ।
सम्पत्ति जोमगाउनुको साटो झनझन् चुँडेर सकिँदैछ । यसमा सघाएका छन्–विभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीले । झण्डै १२०० रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भागचलन गर्न दिइएको छ । करीब २०० रोपनी सार्वजनिक बाटो बनेको छ ।




























