आमाको काजकिरिया गर्दै सांसद उषाकला राई

6.31K
shares

काठमाडौं । प्रदेशसभा सांसद उषाकला राईले आफ्नो आमाको काजकिरिया गर्न केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उषाका दाजुभाइ नभएकाले राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।

राई अहिले प्रदेश नम्बर १ को प्रदेश सभा सदस्य हुन्। यस अघि उनी पहिलो संविधानसभाको सदस्य हुँदा मौलिक अधिकार समितिमा बसेर त्यसको लैगिक उपसमितिको संयोजक भै काम गरेका थिइन्। उनको यो निर्णयलाई धेरैले समर्थन जनाउदै प्रशंसा गरेका छन्। उनका श्रीमान तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले उनको निर्णयलाई महान भनेर प्रशंसा गरेका छन्।

उनले लैंगिक बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भए पनि व्यहारिक हिसाबले अन्त्य गर्न बाँकी भएकाले राई जस्ता महिलाहरुको कदमले योगदान पुग्ने बिश्वास व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेको स्टाटस

उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ ।

यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083