जापानका विदेशमन्त्रीले गरे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट
वि.सं.२०७५ पुस २६ बिहीवार ११:४१
4.8K
shares
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
















