धादिङमा बस दुर्घटना : एकको मृत्यु, ३० घाइते
वि.सं.२०७५ पुस २९ आइतवार १०:३७
4.15K
shares
shares

काठमाडौं । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बस दुर्घटनामा बर्दियाका १८ वर्षीय नरेन्द्र थारु चौधरीको मृत्यु भएको छ । चौधरीलाई उपचारको क्रममा चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको हो । घाइतेको स्थानीयवासी, प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।




























