अस्पतालको बेडबाट भरतमोहनले प्रधानमन्त्री ओलीलाई भने ‘जनताको भरोसा नतोड्नुहोला’

8.76K
shares

काठमाडौं । मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका सर्वाधिक चर्चित बृद्ध कम्यूनिष्ट नेता भरतमोहन अधिकारीले जनताको भरोषा नतोड्न नेकपा प्रभावशाली नेता जनार्दन शर्मालाई आग्रह गरेका छन् । लामो समयदेखि अस्पतालको बेडमा रहेका अधिकारीलाई आफ्नोभन्दा बढि चिन्ता वर्तमान सरकारको गतिप्रति देखिएको छ ।

आफुलाई भेट्न आउने नेकपा नेता तथा कार्यकर्तालाई जनता प्रति गरिएका बाचा सम्झिन आग्रह गर्न थालेका छन् । नेपालमा सवैभन्दा लोकप्रिय मनमोहन अधिकारी नेतृत्वको सरकारलाई मानिन्छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अधिकारी अर्थमन्त्री थिए । आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता कार्यक्रम ल्याएर कल्याणकारी राज्यको सुभारम्भ गरेका थिए ।

मनमोहन अधिकारी नेतृत्वको सर्वाधिक लोकप्रिय सरकारमा गृहमन्त्री थिए, बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली । तर अधिकारी ओलीको कार्यशैलीप्रति असन्तुष्ट छन् । सरकारको गति राम्रो नभएको टिप्पनी मात्र गर्दैनन्, ओली सरकारलाई निरन्तर सुझाव पनि दिइरहेका छन् ।

शनिवार नेकपा प्रभावशाली नेता जनार्दन शर्मा अधिकारीलाई भेट्न अस्पताल पुगेका थिए । अस्पतालको बेडबाटै शर्मालाई अधिकारीले भने ‘सरकारको कार्यशैली उल्टो दिशामा गएको छ, उल्टो हिँडाइले जनअपेक्षा पुरा हुँदैन, तपाईप्रति जनताको भरोषा छ, त्यसलाई कहिले पनि नतोडनुहोला ।

उनले प्रधानमन्त्री ओलीलाई सार्वजनिकरुपमा पनि सुझाव दिन थालेका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले कम्यूनिष्ट शैली अनुसार काम गर्न नसकेको पनि नेता शर्मासँग बताए । ‘म प्रधानमन्त्रीलाई यहीबाट भन्छ् रिसाउनुस् वा खुसीहुनुहोस एक वर्ष त्यत्तिकै वित्यो अबको ४ वर्ष खेर नफाल्नुहोस् । हामीले ९ महिनामा गरेका काम सरकारको गति यही भए पाँच बर्षमा पनि पुरा हुँदैनन्, अधिकारीले जिज्ञासा राखे ‘किन ओलीजी काम गर्न डराउनु भएको छ ?

नेता शर्माले पनि तत्कालिन एमालेको ९ महिने सरकारको प्रशंसा गरे । वर्तमान सरकारलाई गति लिन केही कानूनी झन्झट भएका कारण समस्या भएको बताए । ‘अब सरकारले गतिलिने हामीले विश्वास गरेका छौ, किनकी कानूनी जटिलताहरु हट्दै गएका छन्, जनतामा आशा जगाउन सकिएको छैन, केही समयमै आशा जाग्छ । नेता जनार्दन शर्माले आफुलाई दिएका सुझाव जीनवभर नभुल्ने बाचा पनि अधिकारीसँग गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083