डा.केसीको अवस्था गम्भिर, उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ ल्याउने तयारी

5.21K
shares

काठमाडौं । इलाममा अनसनरत डा.गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाई बुधबार इलाम पठाइएको हो ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास शाहको नेतृत्वमा डा.प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा। अजय यादव मेडिसिन इमर्जेन्सी, डा.सविन भण्डारी एनएसथेसिस (आइसियू हेर्ने), ल्याव टेक्निसियन दीपेन्द्र यादव र नर्स रचनासहितको विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मोबाइल भेण्टिलेटर, आइसियू सुविधासहित उक्त टोली इलामतर्फ गएको हो । यदि उपचार हुन सकेन भने हेलिकप्टरमा काठमाण्डौ ल्याउने तयारी गरेको स्रोतको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083