गगन थापाले भने, ‘सरकार गोविन्द केसीलाई मार्न तयार भयो’

5.55K
shares

काठमाडों । नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीसाग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा.केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन ।

बिहीबार पत्रकार सम्मेलन गरेर पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको बताए । ‘समिति सकियो, अब सरकारको कुरा हो । प्रधानमन्त्रीको एउटा आदेशले डा.केसीसाग भएको सम्झौता अनुसार विधेयक पारित हुनसक्छ,’ उनले भने, ‘सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्रीजीले अग्रसरता लिनहुन्छ भन्ने विश्वास छ ।

डा.केसी न कांग्रेस, न कम्युनिस्ट

कांग्रेस सांसद थापाले डा.केसीलाई काम्युनिस्ट विरोधी र कांग्रेसको विल्ला भिराएकोमा असन्तुष्टि जनाए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दा डा.केसीले सरकारको को छ भनेर कहिल्यै नहेरेको स्मरण गर्दै उनले भने, ‘जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिस्ट विरोधी हुनु हो र ?

डा.केसीका १६ मध्ये ७ वटा अनसन हुादा कांग्रेस नै सरकारमा रहेको तथ्यांक उनले प्रस्तुत गरे । राजनीतिक दल, अदालत, अख्तियार सबै मिलेर चिकित्सा क्षेत्रलाई ध्वस्त पार्न लाग्दा डा.केसी त्यसको विपक्षमा उभिएको उनले बताए ।

डा.केसी पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै सांसद थापाले भने, ‘गोविन्द केसी फकिर हुन्, उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083