७५ हजार कर्मचारीले भरे समायोजन फारम

5.72K
shares

काठमाडौं । कर्मचारी समायोजनका लागि ७५ हजार कर्मचारीले फारम भरेका छन्। बिहीबार अन्तिम दिनसम्ममा देशभरका ७५ हजार तीन सय ६७ कर्मचारीले फारम भरेका हुन्।

जसमा ४६ हजार दुई सय ७० ले संघमा र ५६ हजार छ सय २३ ले प्रदेशमा फारम भरेका छन्। त्यसैगरी स्थानीय तहमा तीन लाख ४५ हजार दुई सय २५ जनाले फारम भरेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदार पनेरुले जानकारी दिए। कर्मचारीले एक भन्दाबढी स्थान रोज्न पाउँछन्।

७५ हजार कर्मचारीले भरे समायोजन फारम

विभिन्न निकायमा गरी अहिले करिब ९० हजार निजामती कर्मचारी कार्यरत छन्। स्थानीय तहका १६ सय कर्मचारीले समायोजनाका लागि निवेदन दिएका छन्। स्थानीय तहमा करिब १७ हजार कर्मचारी कार्यरत छन्।

गएराति मध्यरातबाट समायोजन फारम भर्ने म्याद सकिएको छ। सरकारले पुस ११ गते २१ दिने सूचना जारी गर्दै समायोजनका लागि अनलाइन आवेदन खुला गरेको थियो। छिट्टै संघ, प्रदेश, स्थानीय तहमा कर्मचारी समायोजन गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083