प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्री वीच भेटवार्ता

6.32K
shares

डाभोस । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामी प्रधानमन्त्री हुअन सुअन फुकले बुधबार बिहान भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोग विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीको पनि उपस्थिति थियो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083