संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित : नेता सिंह

6.92K
shares

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित गरेको बताएका छन्। किङ्ग कम स्पोर्टस क्लबले शनिबार राजधानीमा आयोजना ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले संसदले असवैधानिक तवरले जवरजस्त रुपमा पारित गर्नु सभामुखको भूमिकामाथि प्रश्न उठेको बताए।

“बहुमतको आधारमा चिकित्सा शिक्षा विद्येयक पारित गर्नु संघीय संसदको गरिमाअनुसार संसदीय अभ्यास भएन,”उनले भने। संसद विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुख निपक्ष्य रुपमा सबैलाई आफ्नो राय सुझाव राख्नुपर्ने अवसर दिनुपर्ने उनको भनाइ थियो। नाराबाजीका बीचमा विधेयक पारीत गरिनु असंसदीय अभ्यास हो,”–नेता सिंहले भने।

कांग्रेस यस्तो असंसदीय व्यवहारको विरुद्धमा सशक्त रुपमा प्रसतुत हुने बताउँदै नेता सि‌ंहले संसदीय पद्धतिको रक्षाको लागि आफूहरु जस्तोसुकै मूल्य चुकाउन समेत तयार रहेको सत्तापक्क्ष लाई चेतावनी समेत दिए। संसदीय इतिहास मै शुक्रबार दुखद रहेको उनको भनाइ थियो।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकानेता सिंहले काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृती नदिनु राजनीति पूर्वाग्रह भएको बताए।

११ संघ संस्थालाई स्वीकृतीको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उल्लेख गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083