एक वर्षमा १२ लाख विद्यार्थी गायब

4.58K
shares

काठमाडौं । शैक्षिक सत्र २०७६ का लागि तय गरिएको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ । सरकारले तयार गरेको फ्ल्यास रिपोर्टका आधारमा शैक्षिक सत्र २०७६ का लागि तय गरेको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले हचुवाको भरमा तथ्याङ्क निकाल्ने गरेको देखिएको छ । फ्ल्यास रिपोर्टअनुसार तत्कालीन शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई करिब ६८ लाख विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएको थियो। केन्द्रका अनुसार गत वर्ष ६८ लाख ७ हजार ५ सय ५२ विद्यार्थी स्कुलमा उपस्थित थिए।

तर शैक्षिक सत्र २०७५ मा यो संख्यामा १२ लाखले घटेर ५६ लाखको हाराहारीमा पुगेको छ। केन्द्रले दिएको तथ्याङ्कअनुसार शैक्षिक सत्र २०७६ का लागि ५६ लाख ९ हजार ५ सय ९३ विद्यार्थी रहने जनाएको छ। चालू आर्थिक वर्षमा ११ लाख ९७ हजार ८ सय ५९ विद्यार्थी कम रहेका छन्।

कहाँ हराए गत वर्ष भर्ना भएका करिब १२ लाख विद्यार्थीरु यो विषयमा केन्द्रले कुनै उत्तर दिन सकेको छैन। केन्द्रका शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक गोविन्दप्रसाद शर्माले विद्यार्थीको एकिन तथ्याङ्क निकाल्दा केही घटेको हुनसक्नेबताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083