नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल

14.08K
shares

काठमाडौं । नेपाल तयारी पोशाक संघको हालै सम्पन्न २७ औं वार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा ईमानसिंह लामा, भुपेन्द्रकुमार बस्नेत, महासचिव अशोककुमार अग्रवाल, सहसचिव पशुपतिदेव पाण्डे, कोषाध्यक्ष सञ्जयकुमार अग्रवाल रहेका छन्।

सदस्यमा क्रमशः सोमनाथ बस्याल, भीमकुमार गिरी, बसन्तराज अधिकारी र कृष्णप्रसाद पाण्डे र राहुलमान शाक्य रहेका संघले जनाएको छ। सो साधारण सभाको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बिशिष्ट सदस्य चण्डिराज ढकाल, सिएनआईका सदस्य हरिभक्तशर्मा लगायतले नेपाली गार्मेन्ट उद्योगको वर्तमान अवस्था, यसका सम्भावना र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083