अष्ट्रेलियामा रहेका सयौँ नेपाली विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने यी हुन् प्रमुख कन्सल्टेन्सी!

6.46K
shares

काठमाडौं। अष्ट्रेलियामा अलपत्र परेका सयौं नेपाली विद्यार्थीहरुको बारेमा के हुन्छ भन्ने बारेमा अझै अन्योल छ। अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियन अधिकारीहरुसँग परामर्श थालेको बताइए पनि ठोस निष्कर्ष निस्कि नसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

परराष्ट्र सचिव शंकरदास बैरागीले शुक्रबार बिहान सञ्चारकर्मीहरु सँगको कुराकानीमा दूतावासबाट ठोस जानकारी आइ नसकेको बताउँदै जानकारी आउनासाथ थप कदम चाल्ने बताए।

अष्ट्रेलियामा अलपत्र परेका नेपाली विद्यार्थीहरुले जानकारी गराए अनुसार उनीहरुलाई पठाउने कन्सल्टेन्सीहरुले नेपालमा रहेका परिवारका सदस्यहरुलाई कन्सल्टेन्सीलाई दोष नदिन धम्क्याउने काम समेत गरेका छन्।

ती कन्सल्टेन्सीहरुले विद्यार्थीका अभिभावकसँग प्रति विद्यार्थी २० लाख रुपैयाँसम्म रकम असुलेको बताइएको छ। त्यति ठूलो परिमाणको रकम बुझेर पनि उनीहरुले दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाएका थिए। करिब अढाइ वर्ष देखि ती विद्यार्थीहरु दर्ता नै नभएको कलेजमा पढ्दै आएका थिए।

बिहीबार सञ्चारकर्मीहरु सँगको कुराकानीमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालयले समिति नै गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको र कन्सल्टेन्सीसँग पनि सोधपुछ गर्ने बताएका थिए। उनले गलत कलेज थियो भने किन अष्ट्रेलियन दूतावासले भिसा दियो भनेर समेत प्रश्न उठाएका थिए।

कुन-कुन हुन् अष्ट्रेलिया पठाउने कन्सल्टेन्सी ?

अष्ट्रेलियाको कलेजमा विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट, मर्सी, कंगारु, डल्फिन, अल्फाबिटा, ब्रिलियन्ट लगायतका रहेको उता अलपत्र परेका विद्यार्थीहरुले बताएका छन्। उनीहरुले राम्रो कलेज भनेर पठाएको तर अहिले कतिपय कन्सल्टेन्सीले तिम्रो छोरा वा छोरीले कन्सल्टेन्सीको नाम लिएको भनेर आफ्ना आमाबाबुलाई धम्क्याउने काम गरेको समेत अलपत्र परेका विद्यार्थीहरुले गुनासो गरेका छन्।

अष्ट्रेलियामा अहिले विभिन्न विषयमा अध्ययनका लागि करिब ३५ हजार नेपाली रहेका छन्। अष्ट्रेलियाको सिड्नी र ब्रीस्बेनमा रहेको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) र मेलबर्नमा रेहेको एजुकेसन ट्रेनिङ्ग एण्ड इम्प्लोइमेन्ट अष्ट्रेलिया (इटीइए) मा अध्ययनरत विद्यार्थीको हकमा अहिले समस्या उत्पन्न भएको हो।

एआइबीटीमा करिब ३८ हजार विद्यार्थी अध्ययनरत रहेकोमा नेपालबाट मात्रै सो कलेजमा पढ्न एक वर्ष यता मात्रै करिब ५ हजार विद्यार्थी गएका छन्। उनीहरुलाई शिक्षा मन्त्रालयका अधिकारीहरुले कलेजको अध्ययन भ्रमण नै गरेर नो अब्जेक्सन लेटर समेत दिएको पाइएको छ ।

एआइबिटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स, आइटी, एभिएसन हेल्थ साइन्स जस्ता विषय पढाइने गरेको छ। सो कलेजमा करिब १ हजार २ सय नेपाली विद्यार्थीले नर्सिङ पढि रहेकोमा अष्ट्रेलियाको सरकारबाट सो कलेजले अनुमति नलिएको जनाइएको छ।

सो कलेजले अनुमतिका लागि सरकारी निकायमा आवेदन हालेको भए पनि हालै अनुमति नदिए पछि विद्यार्थी अप्ठेरोमा परेका हुन्। अनुमतिका लागि आवेदन दिएकै भरमा कन्सल्टेन्सीहरुले विद्यार्थी पठाएर भर्ना गराएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083