भारत र पाकिस्तानलाई संयम अपनाउन नेपालको आग्रह

4.97K
shares

काठमाडौं । छिमेकी देश भारत र पाकिस्तान बीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तान बीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित छ। उक्त घृणित कार्यको हामीले निन्दा गरिसकेका छौं। सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ।

साथै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह अर्दछ। साथै तनावलाई कम गरेर स्थिति सामान्यिकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यम मार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं।’