पर्यटनमन्त्री सहित ७ जनाको निधनप्रति होटल संघद्धारा दुःख व्यक्त

4.98K
shares

काठमाडौं। बुधबार हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएकोमा होटल संघले दुःख व्यक्त गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गरी संघले मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन मा समवेदना प्रकट गरेको छ। साथै संघले बारम्वार भइरहेको हवाई दुर्घटना रोकथाम र न्यूनिकरण गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।

संगठनमा आवद्ध सदस्य होटलहरुले सरकारले बिहीबारका लागि घोषणा गरेको सार्वजनिक विदामा नियमित राखी एक दिन बिदा थप्ने निर्णय संघको छ।

बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी सहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन् श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083