टुँडिखेलमा सैनिक दिवस मनाउँदै नेपाली सेना

18.86K
shares

काठमाडौं। नेपाली सेनाले आफ्नो स्थापना दिवसको अबसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सैनिक दिवस मनाइएको छ। टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, कुटनीतिक नियोगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको छ।

सोमबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि सैनिक दिवस मनाइएको हो। सैनिक दिवसको अबसरमा नेपाली सेनाले हेलिकोप्टर मार्फत पुष्पवृष्टि गर्नुका साथै मार्च पास समेत गरेको छ।

नेपाली सेनाले दिवसलाई असत्य र अन्यायका विरुद्ध आफ्नो विजयको रुपमा लिएको छ। उक्त दिवसकोे अबसरमा विभिन्न कलाबाजी प्रस्तुत गरेका छन्। दिवसमा सातवटै प्रदेशको विभिन्न झाँकी समेत प्रस्तुत गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083