भोली जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, यो बर्ष ४० हजार कामदार लैजाने

5.21K
shares

काठमाडौं । नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो।

मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने विषयमा हस्ताक्षर हुने बताए। ‘सोमबार दुई देशबीच कामदार पठाउने विषयमा हस्ताक्षर गर्ने तयारीमा छौं,’ ती अधिकारीले भने, ‘हाम्रो योजना अनुसार काम अघि बढ्यो भने सोमबार नत्र त्यसको केही दिनपछि समझदारीमा हस्ताक्षर हुन्छ।

जापान कामदार पठाउने प्रक्रिया जिटुजी तहमा हुने लगभग तय भइसकेको बताइएको छ। जापान जानुअघि भाषा र सीप अनिवार्य गरिएको छ। रोजगारीका लागि जापान जानेले एन–४ (मध्यम स्तर) तहको जापनीज भाषा उत्तीर्ण गर्नुपर्ने छ। त्यस्तै सम्बन्धत कामको सीप जानेको हुनुपर्छ।

निकै लामो समयदेखि नेपालले जापानमा कामदार पठाउने प्रयास गर्दै आए पनि यसैवर्ष जापानले विभिन्न नौ मुलुकबाट विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपालकी युवाको जापान रोजगारीको बाटो खुलेको हो। मन्त्रालयका अधिकारीका अनुसार जापानले पहिलो वर्ष नेपालबाट निकै थोरै कामदार लैजाने सम्भावना छ। जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ।

दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको छ। जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने बताएको छ। १४ ओटा औद्योगिक क्षेत्रमा कामदार राख्न सकिने जापानको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083