चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय -परराष्ट्रमन्त्री ज्ञवाली

Nepal Life Insurance Long Ad

काठमाडौ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ बिआरआई बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

चीनको पाँच दिने भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित सिचुवान विश्वविद्यालयले शुक्रवार विश्वविद्यालयको प्रेक्षालयमा गरेको ‘नेपाल–चीन सम्बन्ध र हिमालय क्षेत्र सीमापार विकासका सम्भावना’ विषयक प्रवचनमा उनले बिआरआईअन्तर्गत निर्माण हुने सीमापार सडक, रेलमार्ग, तेलका ‘पाइपलाइन’, सूचनामार्ग, ऊर्जा ‘ग्रिड’, हवाईमार्ग, प्रसारण मार्गले हिमालय क्षेत्रका स्रोत र साधनको उपयोगबाट उक्त भेगका जनताको जीवनस्तर उकास्ने बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार पारस्परिक लाभ तथा दुवै पक्षलाई समान परिणाम प्राप्त हुने गरी नेपाल र चीनले आफ्ना सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्ञवालीले विश्वभर ऐतिहासिक रुपमा सामाजिक–आर्थिक रुपान्तरण भइरहेका बेला गरिबी घटाउने र समृद्धि बढाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए ।

चीनका केन्द्रीय नेताहरुसँग बेइजिङमा भएको आफ्नो भेटवार्ताबारे जानकारी दिँदै ज्ञवालीले नेपालको विकास प्रयासमा सघाउने आश्वासन दिएको बताए ।

नेपाल र चीनबीच हिमालय सीमापार क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधारबाट आर्थिक अवसरको प्रवर्धनका साथै वस्तु, सेवा तथा मानिसको आवागमन सहज बन्ने वास्तविकता औँल्याए । उनले भने, ुव्यापार तथा आर्थिक एकीकरणका साथै साझा समृद्धिका लागि त्यस्ता पूर्वाधार निर्माण हुनु अहिले उपयुक्त समय होु ।

शिक्षा, विज्ञान तथा प्रविधिका माध्यमबाट सामाजिक–आर्थिक उन्नयनका निम्ति सिचुवान विश्वविद्यालयले अग्रपंक्तिमा रहेर निर्वाह गरेको भूमिकाको मन्त्री ज्ञवालीले सराहना गरेका थिए ।रासस


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...