एकताको बैठक आज पनि निष्कर्षविहीन, मुल कुरै मिलेन

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा भएको छलफल विना निष्कर्ष टुङ्गेको छ ।

बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदन माथी छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको हो । दुई नेताबीच केहीदिनयता लगातार छलफल हुँदै आएपनि सहमति जुट्न सकेको छैन । मिल्न बाँकी विषयमा भोली फेरी छलफल गर्ने सहमति भएको छ ।

यसअघि बिहीबार पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच दिउसो भएको थियो । दुबै समितिले आ–आफ्ना प्रतिवेदन बुझाएपछि नमिलेका विषय टुङ्गो लगाउन वैशाख ४ गते पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । तर, त्यो बैठक निष्कर्षमा पुग्न नसकेपछि दुबै अध्यक्षले कसरत जारी राखेका छन् । एमाले–माओवादी एकताका लागि निर्वाचन चिन्ह, दस्तावेजमा जनयुद्धको सम्वोधन र संगठनात्मक समायोजन गर्दा अपनाईने सिद्धान्त लगायतका विषयमा विवाद रहेको जनाएको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...