गगनको निर्देशन :‘पुरानालाई भोट दिन्न’ भन्नेलाई भन्नुहोस्-कांग्रेस सबैभन्दा नयाँ पार्टी हो

2.9K
shares

१७ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले  मतदातामाझ कांग्रेसलाई सबैभन्दा नयाँ राजनीतिक दलका रूपमा प्रस्तुत गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले विशेष अधिवेशनपछि नेतृत्व परिवर्तन भएको कांग्रेस नै नयाँ भएको सन्देश घर–घरमा पुर्‍याउन आग्रह गरे।

“यदि कसैले भन्छ—यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु भने अडिएर सोध्नुहोस्, पुरानो र नयाँको परिभाषा के हो?” थापाले भने।

उनले फागुन ६ गतेअघि अधिवेशन गरेर आफू नेतृत्वमा आएको कांग्रेस नै हालको सन्दर्भमा नेपालको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे। “नयाँ खोज्ने मतदातालाई कांग्रेस नै नयाँ हो भन्ने कुरा स्पष्ट रूपमा भन्नुहोस्,” उनले जोड दिए।

अनुहार फेरिँदैमा पार्टी नयाँ नहुने तर्क गर्दै थापाले रातारात पार्टी बनाएर चुनाव जित्न खोज्ने प्रवृत्तिलाई नयाँ भन्न नमिल्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083