रास्वपाको चुनावी घोषणापत्र फागुनको पहिलो साता, ‘सरकारमा १०० दिन–१०० काम’ मुख्य एजेन्डा

3.37K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। जनताका प्रत्यक्ष सरोकारका विषय समेटेर घोषणापत्र अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको घोषणापत्र जनमुखी एजेन्डामा आधारित रहेको बताउँदै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिइन्। उनका अनुसार घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार र नीतिगत परिवर्तनलाई प्राथमिकतामा राखिएको छ।

पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले पाँच वर्षे कार्यकालभित्र पाँच महत्वपूर्ण क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट खाका घोषणापत्रमार्फत प्रस्तुत गरिने बताए। उनले विशेषगरी जेन–जी पुस्ताका मुद्दा, सुशासन र प्रणालीगत सुधारलाई मूल विषय बनाइने उल्लेख गरे।

घोषणापत्रको मुख्य विशेषतामध्ये एकका रूपमा रास्वपाले सरकारमा सहभागी भएको पहिलो १०० दिनभित्र १०० प्रमुख काम सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक नीतिगत सुधार र कार्ययोजना पनि घोषणापत्रमै समेटिने अधिकारीले जानकारी दिइन्।

 


divya collage
unigloble collage