जेन–जी आन्दोलन छानबिन आयोगको म्याद फेरि बढ्यो

प्रतिवेदन चुनावपछि मात्र आउने

1.89K
shares

काठमाडौं। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गरिरहेको जाँचबुझ आयोगको म्याद सरकारले तेस्रो पटक थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप २५ दिन समय दिने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगले माग गरेको समयलाई ध्यानमा राख्दै म्याद थपिएको हो। यससँगै आयोगको प्रतिवेदन अब फागुन २१ गते हुने निर्वाचनपछि मात्र सार्वजनिक हुने देखिएको छ।

सरकारले असोज ५ गते गौरिबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। सुरुवातमा आयोगलाई तीन महिनाको समयसीमा तोकिएको थियो। तर तोकिएको अवधिमा काम नसकिएपछि पहिलो पटक एक महिनाको म्याद थप गरिएको थियो भने त्यसपछि थप २० दिन समय दिइएको थियो।

पुनः म्याद थप भएपछि आयोगको काम अझै केही समय लम्बिने निश्चित भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083