भोट माग्न नभई काम माग्न आएको हो: बालेन्द्र शाह

2.34K
shares

बालेन्द्र शाहले आफू भोट माग्न नभई काम गर्ने अवसर खोज्दै आएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहले धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै छोटो तर स्पष्ट सन्देश दिएका हुन्।

धनगढीमा भएको कार्यक्रममा उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन, काम माग्न आएको हो। तपाईंहरूले भोट नदिए पनि हामी काम गर्छौं, तर काम गर्ने अवसर दिनुहोस्।” उनले सुदूरपश्चिममा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका शाहले देशको सम्भावनाबारे पनि धारणा राखे। नेपाल आफैंमा सुन्दर र सम्पन्न सम्भावना बोकेको देश भएको उल्लेख गर्दै उनले बाह्य तुलना आवश्यक नरहेको बताए। “हामीसँग सबै छ, तर त्यसलाई उपयोग गर्ने सोच र प्रणाली चाहिएको हो,” उनले संकेत गरे।

रास्वपाबाट भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा चर्चा भइरहेका शाहले आफू धेरै भाषण गर्नेभन्दा काम गरेर देखाउने शैलीको नेता भएको बताए। छोटो सम्बोधनमै उनले जनताको भरोसा कामबाट जित्ने लक्ष्य दोहोर्‍याए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083