‘साइकलमन्त्री’ लालबाबु पण्डितसँग गाडीको लस्कर, श्रीमतीलाई समेत सरकारी गाडीको व्यवस्था

वि.सं.२०७५ कात्तिक २० मंगलवार १२:५२
shares

काठमाडौँ । सामान्य जीवनशैलीकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कुनै बेला चर्चाको शिखरमा पुगेका थिए । तर, पछिल्लो दिनमा त्यो चर्चा फिका भएको छ । उनको भडकिलो जीवनशैलीकै कारण चर्चाको शिखरबाट एकै पटक झरेका हुन् ।
अझ मन्त्री पण्डितले सम्पति विवरणमा एउटा साइकलमात्रै देखाएका थिए । सर्वसाधारणमा अरु नेताजस्तो पण्डितलाई गोडी मोह नभएको बुझाई गलत सावित भएको छ । आजभोली मन्त्री पण्डितसँग गाडीको लस्कर छ । श्रीमतीलेखि सचिवालयका सबै सरकारी गाडीमै हुइकिन्छन् । आजका संचारमाध्यमहरुका अनुसार मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय सचिव, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएको छ । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।
मन्त्रालयले उपलब्धत्र गराएको फोर्डको सुविधायुक्त गाडीमा हिड्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । यो गाडी अधिकांश समय मन्त्रीकै निवासमा हुन्छ । मन्त्रीपत्नी विमला महतले मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी प्रयोग गरिरहेकी छन् ।
पहिलो पटक मन्त्री भएपछि खासगरी कर्मचारीको डिभी र ग्रिनकार्डधारी कर्मचारीलाई ठेगान लगाएकै कारण एकाएक चर्चामा आएका थिए । कर्मचारीलाई कि विदेश कि नेपाल रोज्न लगाएका थिए । कानुन बनाएरै ग्रिनकार्डधारी कर्मचारीको दादागिरीलाई तोडेका थिए ।
पहिलो चर्चा नसकिँदै दोस्रो पटक मन्त्री भएको पण्डितले अहिलेसम्म सर्वसाधारणले प्रसंशा गर्न लायक काम गरेका छैनन् । पहिले प्रसंशा गर्नेहरु नै मन्त्री पण्डितलाई पहिले गरेको कामको ब्याज खाइरहेको बताउँदै आलोचनामा उत्रेका छन् ।