पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न कार्यकर्तालाई सभापति देउवाको आह्वान

२०७५ कात्तिक २२ बिहीवार
1.9K
shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन्। सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन्।
तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताए। सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिए।
सभापतिले पार्टीलाई गुटमा परिणत गरेको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला सभापति देउवाले पार्टीलाई एक बनाउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन्
सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिवी निवारणमा पु¥याउनु भएको योगदानको पनि चर्चा गरेका थिए। कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का केन्द्रीय सदस्य सुरेन्द्र केसीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोभन्दै सरकारको आलोचना गरेका थिए।

२०७५ कात्तिक २२ बिहीवार