मंसिर तेस्रो साता पोल्याण्ड जादैँ राष्ट्रपति ‘भण्डारी’

Nepal Life Insurance Long Ad

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सम्मेलनमा सहभागी हुन मंसिर १५ गते पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको पोल्याण्ड भ्रमण पाँच दिनको हुने उनले जनाए । राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘राष्ट्रपतिज्यूले मंसिर १५ देखि १९ गतेसम्म पोल्याण्डको भ्रमण गर्ने तय भएको छ,” परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘उहाँ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लाग्नुभएको हो ।’

सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्ने उनले जनाए । जलवायु परिवर्तन नेपालको लागि खाँदै नखाएको विष लागेजस्तो भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले उच्चस्तरीय तहबाट यसले नेपालमा पारेको असरमा बारेमा सम्मेलनमा कुरा राख्दा प्रभावकारी हुने बताए । यसै कारण राष्ट्रपतिलाई सम्मेलनमा सहभागी हुन पठाउन लागिएको उनले जनाए ।

‘जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा हामी छौं । जलवायु परिवर्तनका कारण हामी केकस्तो जोखिममा परेका छौं, सो कुरा राष्ट्रपतिज्यूले सम्मेलनमा राख्नु हुनेछ,’ मन्त्री ज्ञवालीले भने ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...