महासमिति बैठक नजिकिँदै गर्दा जुर्मुराए कांग्रेसको नयाँ पुस्ताका नेता, बदलिँदै समीकरण

Nepal Life Insurance Long Ad

काठमाडौं । महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नयाँ पुस्ताका नेताहरू जुर्मुराउन थालेका छन् । गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको पराजयपछि शीघ्र महासमिति बैठक बोलाउन दबाब सिर्जना गरेका युवा नेताहरू फेरि सक्रिय भएका हुन् ।

संगठनात्मक र विधान संशोधनमार्फत् कांग्रेसको पुनर्संरचनाका लागि उनीहरूले समानान्तर प्रस्ताव बहसमा लैजाने तयारी गरेका छन् । कांग्रेसको महासमिति बैठक मंसिर २८ देखि ३० सम्म काठमाडौंमा गर्ने तयारी छ । महासमिति बैठकमा लैजाने राजनीतिक र विधान संशोधन प्रस्तावको विषयमा छलफल गर्न कांग्रेसको नयाँ पुस्ताका नेताबीच बुधवार काठमाडौंमा छलफल भएको छ ।

केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियारलगायत केन्द्रीय सदस्यहरू बुधवारको भेलामा उपस्थित थिए । बुधवार सहभागी नभएका प्रदीप पौडेल, रामकृष्ण यादव र कमला पन्तसहित शुक्रवार या शनिवार पुनः अर्को भेला गर्ने उनीहरूको तयारी छ । २०१५ सालमा बीपीले ल्याएको अवधारणले बदलिँदो समयमा जनताको मन जित्न सकिँदैन, त्यसैले नयाँ राजनीतिक सिद्धान्तबारे छलफल गर्नुपर्छ भन्ने हामीहरूको सोच हो,ʼ भेलामा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।

कांग्रेसमा फेरिँदै समीकरण

महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण फेरबदल देखिएको छ । आगामी वर्षको फागुनमा हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसमा समीकरण फेरबदल हुन लागेको हो । यसअघिको महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननंसिह केसीसहित रामचन्द्र पौडेल पक्षका नेताहरूबीच छलफल भएको छ ।

नेतृ सुजाता कोइरालाको निवमासमा केहीदिन पहिले पौडेल समूहका नेताहरूबीच छलफल भएको थियो । आगामी महाधिवेसनमा सभापतिका लागि साझा उम्मेदवारी दिने भन्दै कोइराला परिवारका तीन नेताहरू डा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच पटक–पटक छलफल हुँदै आएको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...