जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल

5.45K
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको पनि दाबी गरेका छन्।

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने, ‘यो सरकार ५ वर्षको लागि गठन भएको हो। सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ। तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो। अर्को वर्षमा काममा गति हुन्छ।

उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताए। उनले भने, ‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समिक्षा गर्छौं। सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं। स्वयम् प्रधानमन्त्रीले पनि चूनौतिको महशुस गर्नुभएको छ।

उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूले मलाइ यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन। गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो। तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन। बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ। सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083