सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

4.94K
shares

बेइजिङ। सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ। हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको हो।

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्युजले लेखेको समाचारमा अक्टोबरमा छ लाख चार हजार २८२ जनामा सङ्क्रमण देखिएको थियो। मृत्यु भएकामध्ये ९३ प्रतिशतको ख वर्गका सङ्क्रामक रोगहरु हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाइ छ।

नोभेम्बर महिनामा हैजाका बिरामी एकजना मात्रै भेटिएका थिए। चीनमा हैजा र प्लेगलाई मुख्य सङ्क्रामक रोगको सूचीमा राखिएको छ। चीनमा क वर्गको सङ्क्रामक रोगमा हैजा र प्लेगलाई राखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083