सरकार र डा.केसीबीच भएको सम्झौतामाथि शङ्का नगर्न मन्त्री पोखरेलको स्पष्टोक्ति

5.14K
shares

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा.गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताएका छन्।सिंहदरबारमा सङ्घीय संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक भैरवबहादुर विष्टको संयोजकत्वमा बसेको बैठकमा अधिकांश सांसदले सरकार र डा.केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्ने विषयमा सम्बन्धित मन्त्रीको ध्यानार्कषण गरेपछि बैठकमा मन्त्री पाखरेलले सो कुरा बताएका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा छलफल गर्न गठित उपसमितिको आइतबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले डा केसीसँगको सम्झौता कार्यान्वयन हुन्न भन्ने नकारात्मक हल्लाको पछाडि नलाग्न सांसदहरुलाई आग्रह गरे। सरकार र डा केसीबीच पछिल्लोपटक साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबीच बालुवाटारमा नौँ बुँदे सम्झौता भएको थियो।

समझदारीअनुसार १० वर्षसम्म काठमाडौँमा नयाँ मेडिकल कलेज स्थापना गर्न नपाइने, सङ्घीय संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अक्षरशः लागू गर्नुपर्ने भन्ने विषयमा सम्झौता भएको हो। राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा अहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ। आइतबार विधेयकको दफा १६ सम्मको छलफल सम्पन्न भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083