प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेटवार्ता

5.01K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।

उनका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा उनीहरुबीच छलफल भएको छ । दुवै मुलुकलाई फाइदा हुनगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत उनीहरुबीच कुराकानी भएको सल्लाहकार डा भट्टराईले जानकारी दिए।

यस्तै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि दुबै देशले सामूहिक प्रयास गर्ने र दुबै देशका जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने विषयमा उनीहरुबीच छलफल भएको भट्टराईले बताए। पुरानो चिनजानसमेत रहेकाले भेटमा उनीहरुबीच आपसी अनुभव आदानप्रदानसमेत भएको सल्लाहकार भट्टराईले जानकारी गराए।


divya collage
unigloble collage