स्वदेश फर्किइन् म्यानमारकी नेतृ ‘सुकी’

4.42K
shares

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे ।

सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो-१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिन् । सम्बोधनको क्रममा उनले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गरेकी थिइन् ।