‘जब वीरगंज रेल मार्गमा जोडिन्छ, त्यसपछि नेपाल आर्थिक क्रान्तिको दिशातिर अघि बढछ’

6.62K
shares

वीरगंज । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले वीरगंज आसपास भइरहेका राष्ट्रिय गौरवको आयोजनाहरुलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। वीरगंज उद्योग वाणिज्य संघको ४३ औं सधारण सभामा होटल भिस्वामा आयोजित उद्घाटन समारोहमा उनले राष्ट्रिय गौरवको आयोजनाको विषयमा केन्द्र सरकार गम्भीर रहेकोले निर्धारित समयमै ती आयोजना सकाउन जिम्मेवारीका साथ अघि बढेको बताए।

‘यस क्षेत्रका सडक विस्तार,रे ल्वे कनेक्टभिटी, फास्ट ट्रयाक तथा निजगढ विमानस्थल, सुक्खा बन्दरगाह विस्तार तथा ६ लेन व्यापारिक मार्ग, हुलाकी मार्ग लगायत आयोजनालाई कसरी कति तिव्र गतिमा अघि बढाउन सकिन्छ भन्नेबारे नेपाल सरकार गम्भीर रहेको चर्चा गर्दै सुरक्षा र विकासका काममा कसैसँग सम्झौता नगर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री थापाले नेपाल संक्रमण कालबाट फडको मार्दै देश संघीयतामा गइसकेको र ऐन कानुन संशोधन तथा निर्माण गर्ने प्रक्रियमा रहेकोले उनले अबको केही वर्षमै सम्पूर्ण नेपालीको लक्ष्य समाजवाद रहेको बताए।

‘नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख्य छ कि नेपाल अब समाजवादतर्फ उन्मुख हुनेछ, त्यसैले पञ्चायत, राणाकालिन ऐन, कानुन संसदले खारेजी तथा परिमार्जन गर्दै हालको अवस्थमा चाहिने ऐन कानुन बनाउने काम भइरहेकोले केही वर्षमै देश आर्थिक समृद्धिको बाटोमा लम्किने उनले धारणा राखे। उनले देशमा संघीयता आएपछि निर्वाचनपछि संघीय, प्रदेश र स्थानीय तह गरी तीन वटा सरकार संरचनामा आाइसकेकोले आफ्नो विकासको लागि केन्द्र वा प्रदेशको मुख हेर्नुभन्दा आफनै स्तरबाट कानुन बनाई आफ्नो हितको लागि विकासको योजना तथा कार्यक्रम गर्न उनले सुझाए।

थापाले देशको विकासमा सबै भन्दा बढी आर्थिक रुपले योगदान पुर्‍याउने शहर वीरगंज भएको चर्चा गरे। उनले वीरगंजलाई देशकै मुख्य लाइफलाइन भन्दै वीरगंजले वार्षिक ४० प्रतिशत देशकै कुल राजस्वको राजस्व संकलन तथा मुख्य आर्थिक केन्द्रको रुपमा परिचित रहेको चर्चा गरे। बारा–पर्सा कोरिडोरलाई विशेष आर्थिक क्षेत्र परिभाषित गरी यसको विकासमा केन्द्र सरकार लाग्नु पर्ने पनि उनले सुझाए। उनले वीरगंज अब दुई शक्तिशालि राष्ट्र भारत र चीनसंग रेल मार्गबाट जोडिने दिशामा अघि बढेकोले यो पनि वीरगंजको लागि अवसर भएको बताए।

‘उत्तर तिर अर्बौको बजार भएको देश छ, दक्षिण तिर अर्बौको बजार भएको देश छ, त्यस्तो देशको वीचमा नेपाल अवस्थित छ र रेल मार्गबाट जोडिने वितिकै नेपाल आर्थिक क्रान्तिको दिशामा अघि बढछ,’ उनले भने। उदघाटन समारोहमा संघका अध्यक्ष ओमप्रकाश शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए। संघले गोपाल केडियाको अध्यक्षतामा ३५ सदस्यी नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083