मन्त्री रघुवीर महासेठ राजीनामा दिने तयारिमा

14.52K
shares

जनकपुर । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन्। शनिबार जनकपुरमा मुजेलीया स्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले मन्तव्यको क्रममा आफू मन्त्री नरहे पनि सांसद पदमा रहि रहने भन्दै जनकपुरको विकासका लागि निरन्तर लागि पर्ने बताए।

उनले आफू मन्त्री नरहँदा पनि जनकपुर सहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागि परेको दावी गर्दै पूर्वाधार सहित हरेक क्षेत्रको विकास आवश्यक रहेको बताए। मन्त्री महासेठले मन्त्री फेरबदलबारे पार्टीमा कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे। उनले मन्त्री बनेर मात्रै जनकपुर क्षेत्रको विकास सम्भव नरहेको समेत जिकिर गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083