मृतकका परिवारलाई पाँच लाख, घर सरकारले बनाइ दिन्छ : अध्यक्ष ‘प्रचण्ड’

4.93K
shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट जनही पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

आज बारा पुगेर अध्यक्ष प्रचण्डले त्यो सँगै भत्किएका सबै घर सरकारले बनाइदिने पनि बताए। वीरगञ्जको नेशनल मेडिकल कलेज उपचार गराइरहेका घाइतेहरूलाई भेटेर जानकारी लिएका प्रचण्डले दिउँसो प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहतसमेत वितरण गरे।

यसैबीच, बारा र पर्साका हावाहुरी प्रभावितले राहत वितरण प्रभावकारी हुन नसकेको बताएका छन्। राहत सामग्री पुगे पनि केहीले आवश्यकभन्दा धेरै पाएका र केहीले अहिलेसम्म पाउन नसकेका उनीहरुको गुनासो छ। त्रिपाल, खानेकुरालगायत तत्काल आवश्यक सामग्री वितरणको काम प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ छ।

तर गृह मन्त्रालयले भने राहत तथा उद्दारको काम सन्तोषजनक भएको दाबी गरेको छ। घटना हुनेबित्तिकै सरकारले झन्डै चार सय त्रिपाल पठाएको र आवश्यक सहयोग पनि जुटाइरहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दाबी गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083