न्यायपरिषद बैठक : सर्वोच्चको न्यायाधीशका लागि ५ जना सिफारिस

8.06K
shares

काठमाडौं। न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्चका लागि सिफारिस गरेका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुयाँल!

काठमाडौँबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए। न्यायाधीश नियुक्तिका लागि सोमबारदेखि बसेको बैठक आज सम्पन्न भएको थियो।

सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त रहेको थियो। बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरु कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083