जनताले आषा र भरोसा गरेका नेता प्रचण्ड

8.96K
shares

भुमिराज अधिकारी

काठमाडौ । नेपाली राजनीतिमा शक्तिशाली व्यक्तिको सूचिमा थोरै व्यक्तिहरुको नाम अटाउद छ। आधुनिक नेपाल राज्यको स्थापना पश्चात सत्ता राजनीतिमा शक्तिशाली बन्ने प्रयत्न र त्यसका लागी गर्ने गरिएका अनेकौ रक्तपातहरु अत्यन्त कठोर र क्रुर छन्।

पृथ्वीनारायण शाह एकीकरणकर्ता र शक्तिशाली व्यक्ति बने भने त्यस पछाडी सत्ता राजनीतिमा भिससेन थापा, जगंबहादुर राणा, चन्द्रसम्शेर, राजा महेन्द्र साथै लोकतान्त्रिक पार्टी सञ्चालन र पद्धतिमा कोइराला परिवार शक्तिशाली बनेका घटना छन्। वर्तमान परिवेशमा पनि शक्तिशाली बन्ने होड वा प्रयत्न देखिएका छन्। अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै राजनीतिमा शक्तीशाली नेता मानिएका छन्।

देशमा दुई ठुला कम्युनिष्ट पाटी एकताले नयाँ आशाका किरणहरु देखा परेका छन्। बर्षौ देखिको अस्थिर राजनीति, तरल शासन प्रणाली, पछौटे पन, गरिबी तथा अविकासले गाजेको देशलाई समृद्धि, विकास र न्यायको पथमा डोर्याउने वहुमत प्राप्त सरकार र पार्टीले पुुरा गर्ने विश्वास आम जनतालाई छ। आम जनताले आषा र भरोसा मानेका नेता हुन् प्रचण्ड!

वि.सं. २००६ सालमा स्थापना भएको कम्युष्टि पार्टी कयौ‌ टुक्रामा विभाजन भयो। यस क्रममा कम्युनिष्ट आन्दोलन समय सन्दर्भमा नायकहरु परिवर्तन भइरहे। वि.सं. २०५२ सालबाट जनयुद्ध सुरुवात गरेको तत्कालिन ने.क.पा.( माओवादी) का अध्यक्ष प्रचण्ड २०६२/६३ को आन्दोलन यता नायकको रुपमा एक छत्र राज गरि रहेका छन्। पार्टी एकता पछि उनको नायकत्व झन् बढेर गएको छ। प्रचण्ड चलायनमान नेता हुन्। परिस्थितिलाई ठोस विश्लेषण गरी नतिजालाई आफ्नो पक्षमा पार्न उनी अहिलेसम्म सफल भएका छन्। हरेक अप्ठ्यारालाई चलाखीपुर्ण तरिकाले समाधान गर्ने क्षमता प्रचण्डमा छ।

नेपालको पछिल्लो १० बर्षे विद्रोह प्रचण्डले सुरुवात गरेका थिए। प्रचण्डले रुकुम र रोल्पालाई आधार इलाका बनाएर देशभर तल्कालिन शासन सत्ता विरुद्ध विद्रोह लडेका थिए। विद्रोहका निम्ति एकिकृत गर्ने, संगठित गर्ने, परिचालित गर्ने सहि समयमा प्रयोग गर्ने कला प्रचण्डमा मात्र छ।

Image result for राजनीतिमा प्रचण्ड

लामो समय पछि नेपाली राजनीतिले स्थायित्व र लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गरेको छ। प्रचण्ड देश निर्माणको मार्गदर्शक हुन्। प्रचण्डले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पुरा गर्न युवालाई योद्धा बनाएर संसारकै उत्कृष्ट सारथी बन्नु जरुरी छ। यो आजको आवश्यकता पनि हो।

प्रचण्ड विद्रोह जति हो त्यो भन्दा वढी निकास हो। जति स्वार्थ हो त्यो भन्दा वढी त्याग हो। प्रचण्ड जति आवेग हो त्यो भन्दा वढी भावना पनि हो। यसो भन्दा प्रचण्डको स्तुतीगान हुन्छ भने प्रचण्ड प्रसंशा र आलोचनाको ब्रम्हाण्ड हो।

उनी मृत्युमा रुन सक्थे। मिडियाका लागि अभिनय नै सही चुनवाङ भिडियो तिनका हार्डडिस्कमा अहिले पनि सुरक्षित नै होला। यस कारण नै आविष्कार भएको थियो हाँस्दा हाँस्दै रुने र रुँदा रुँदै हाँस्ने। उनको तीक्ष्णतामा जनयुद्धको बर्मेली आवसान नेपालले भोगेन। उनका आदरणीयहरुको माओसुत्र अन्ध नक्कलमा उनी ढेपिएको भए आज मुलुक र उनी खरानी माथिको भीमकाय शोकमा लथालिंग हुन्थे।

प्रचण्डलाई मिडियाले लखेट्छ र लेख्छ उनी स्वार्थको राजनीति गर्छन्। समीकरण नमिलाई लेखेको यो समाचार जाली तमसुक जस्तो लाग्छ जसको प्रायोजन हरिया नोटहरुबाट र निर्देशन नेपालमा उपद्रो इच्छित अमुकतावाट हुने गरेको छ। स्वार्थ खोजेको भए गिरिजा उनका दाहिना हुन्थे।

सर्त यत्ति थियो गिरिजालालाई राष्ट्रपति चाहिएको थियो। उनी आफैं श्रृजीत विजयको शिखरवाट ओर्ले तर सम्झौता गरेनन्। यो गरेर ठीक वा बेठीक के गरे यो छलफलको अर्को पाटो बन्ला। तर, निर्धक्क भने हुन्छ उनि लम्पसार पर्न तयार भएनन्। यदि लम्पसार उचित ठानेको भए शक्ति र सत्तामा उनको अटुटता रहन्थ्यो।

प्रक्षेपण गलत होला सँगैका सहकर्मीहरुको आतंकले उनले उनकै योद्धाहरुलाई बरु अन्याय गरे, जो बली राजाकै जस्तो विशालता थियो। आफै माथीको यो अन्यायलाई मिडियाले माओवादीको क्षयीकरण भनेर भट्ट्याइ रह्यो र प्रचण्डलाई खेदि रह्यो।

उनको जीवन जति जटिल अरुको सायदै नहोला। चित्त बुझाउन पर्ने उनका लागि धेरै छन्, घर भित्रका र केही समयदेखि छुट्टिएर बसेका देखि छिमेकीसम्मै। तिनका आँखामा प्रचण्डसँग जति अपेक्षा अरुसँग नहोला। तर लडाइमा भने उनी एक्लै हुन्छन् , सके र जिते सबैले हिस्सेदारी खोज्छन् नसके साथ दिदैनन् र आरोपित गर्छन् लम्पसार पर्यो भनेर।

घर नै नमिलेको बेला उनलाई दुनियाँ मिलाउने दायित्व छ। उनी नाँई भन्दैनन्। कहिले काँही उनी जे हुन् त्यो भन्दा बढी खाल्डोमा पर्छन्। अन्तत : उनी नै सफल हुन्छन्। त्यसैले त उनी राजनितिका एक खेलाडी हुन्।

उनको मस्तिष्कको गतिशीलताको मापन त अहिलेसम्म भएको छैन होला तर उनी नमिलेकासँग पनि मिल्न सक्छन् र त्यस्तो बाध्यता श्रृजना गरि दिन्छन् ताकी कटु आलोचकले पनि उनलाई मियो नमानी धरै हुँदैन। उनी हिसाबमा माहिर छन्। माहिर भएकै हुनाले कहिलेकाँही चमत्कार गर्छन् र कहिले नपत्याएको ठाँउबाट फुस्किन्छन्। प्रचण्ड आन्दोलन निर्माणका कुशल कालीगढ समेत हुन्।

प्रचण्ड आफैँमा शक्तिशालि शब्द१ नेपाली राजनीतिमा उस्तै प्रभावशालि बलशाली पात्र सामान्य अर्थमा पनि ‘राप’ तथा तातो। सामान्यतया नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आफुँलाई प्रचण्ड सम्बोधनमा खुसी हुन्छन्। दुई तिहाईको शक्तीशालि पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई जनता देखि नेता आम कार्यकर्ता सबैको साथ सहयोग उस्तै रहेको छ। त्यसैले त प्रचण्ड जनताको भरोषायोग्य नेता पनि हुन्।

प्रचण्ड कमजोरी सहितका नायक नै हुन् तर, उनको सबै भन्दा ठूलो कमजोरी के हो भने उनी अँगेनोमा सितो नभए पनि चुठेल्नोमा डकार्न सक्छन्। यसैमा त राजनीतिको मजा छ जो प्रचण्ड जान्दछन् र मान्दछन्। राजनीति के हो प्रचण्डले बुझेका छन् , राजनीति कसरी गर्ने त्यो प्रचण्डले जानेका छन्। त्यसैले त उनी राजनीतिका नायक हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083