नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : गगन थापा

Nepal Life Insurance Long Ad

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताए ।

तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए । “सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ”, नेता थापाले भने, “हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।”

नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरेका छन् । “नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ”, थापाले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए । सङ्घका एकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिनालगायतले विद्यार्थीको हकहितको लागि नेपाल विद्यार्थी सङ्घ सधै क्रियाशील रहने बताए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...