अनेरास्ववियू (ओली समूह) का संयोजक महर कै जिल्लामा मन्त्रीलाई कालो झन्डा

बझाङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ ।

नेकपा प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीले मन्त्री ठगुन्नालाई कालो झण्डा देखाएका हुन् ।

ओली पक्षको भेलालाई सम्बोधन गर्न बझाङको सदरमुकाम चैनपुर जादै गर्दा मन्त्री ठगुन्नालाई मंगलबार बिहान केदारस्युँको देउरामा झोता लगायत विभिन्न ठाउँमा कालो झण्डा देखाइएको हो ।

बझाङ अनेरास्ववियूका (ओली समूह) संयोजक ऐन महरको गृहजिल्ला पनि हो ।

महर अहिले ओली समूहको केन्द्रिय सदस्य पनि बनेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको नेतृत्वमा युवाहरूले मन्त्री ठगुन्नालाई कालो झण्डा देखाएका हुन् ।

हालै प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद्को पुनर्गठनमा अटाएका नेकपा केन्द्रीय सदस्य गणेश ठगुन्ना पहिलो पटक मन्त्री भएका हुन् ।

उपाध्यक्ष वामदेव गौतम कतै नखुलेपछि उनी निकट मानिने ठगुन्ना ओली कित्तामा उभिएर मन्त्री बनेको हुन् । उनी दार्चुलाबाट २०७४ सालमा प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका हुन्।

२८ पुस २०७७, मंगलवार १४:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु