झापामा ओलीको आरोप: एमाले सिध्याउन देशमै आगजनी गरियो

2.21K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन देशभर अशान्ति र आगजनी गराइएको आरोप लगाएका छन्।

झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका ओलीले मंगलबार मतदातासँगको संवादमा विरोधी शक्तिहरूले योजनाबद्ध रूपमा अराजकता फैलाएको टिप्पणी गरे। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी पनि दोहोर्‍याए।

बहुमत नआए पनि एमाले सबैभन्दा ठूलो शक्ति बन्ने विश्वास व्यक्त गर्दै उनले कार्यकर्ता र समर्थकलाई उत्साहित रहन आग्रह गरे। विरोधका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने प्रवृत्ति स्वीकार्य नभएको उनले बताए।

देशमा हिंसा र लुटपाट मच्चाउनेहरूलाई नेपाली समाजले अस्वीकार गर्ने उनको भनाइ थियो। नेपाली पहिचान शान्तिप्रिय र श्रममा आधारित भएको उल्लेख गर्दै उनले हिंसात्मक गतिविधि राष्ट्रहितविपरीत रहेको बताए।

राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण गर्नेहरूलाई उनले राष्ट्रका शत्रु र आतंक फैलाउने तत्वको संज्ञा दिए। विकास निर्माण ध्वस्त पारेर परिवर्तन सम्भव नहुने भन्दै उनले स्थिरता र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको दाबी गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083