म सरकारकै स्वीकृतिमा अमेरिका गएको हुँ : मुख्यमन्त्री ‘राई’

Nepal Life Insurance Long Ad

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले आफू संघीय सरकारकै स्वीकृतिमा विदेश भ्रमणमा गएको बताएका छन्।

अमेरिका भ्रमणबाट बुधबार फर्किएका मुख्यमन्त्री राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू संघीय सरकारको स्पष्ट स्वीकृतिमा विदेश गएको बताएका हुन् । उनले भने, ‘स्वीकृति लिएर गएकोमा मेरो प्रमाणलाई प्रायोजित रुपमा विवादित बनाउन खोजिएको हो।’

आफू स्वास्थ्य उपचारका लागि संघीय सरकारको स्वीकृतिमा थाइल्याण्ड गएको र त्यहाँ जाँच गराउँदा स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरले बताएको उनले उल्लेख गरे।

उनले उपचारपछिको बाँकी समय सदुपयोगका लागि अमेरिका गएको पनि दाबी गरे। उनले भने, ‘थाइल्याण्डजस्तै अमेरिका पनि सरकारको स्वीकृति लिएर नै गएको हुँ। स्वीकृति बिना जाने अधिकार मसँग छैन।’ उनले आफू अमेरिकामा विभिन्न नेपाली संघसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी भएको बताए।

यस्तै उनले अमेरिकामा कुटपिट भएको भनिएका पत्रकारलाई आफूले नचिन्ने र ती व्यक्तिसँग कुनै पनि सम्बन्ध नरहेको तथा त्यसबारे सम्बन्धित पक्षले अनुसन्धान गरेकाले आफू थप बोल्न नचाहने मुख्य मन्त्री राईले बताए।

मुख्य मन्त्री राई स्वास्थ्य उपचारका लागि भन्दै कात्तिक १६ गते थाइल्याण्ड गएका थिए। उनी उतैबाट कात्तिक २० गते अमेरिका प्रस्थान गरेका थिए । आफ्नो थाइल्याण्ड तथा त्यसपछिको अमेरिका भ्रमण सरकारकै अनुमतिमा रहेको दाबी गरेका मुख्य मन्त्री राईले ६ महिनापछि फेरि नियमित स्वास्थ्य परीक्षणका लागि डाक्टरले आउन भनेको बताए।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

२०८२ वैशाख २८ आइतवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी...

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बिदा भए डिआईजी राजन अधिकारी

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बिदा भए डिआईजी राजन अधिकारी

२०८२ वैशाख १४ आइतवार

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब महानिरीक्षक राजन...

प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने बिषयमा हस्ताक्षर सम्झौता कार्यक्रम सम्पन्न

प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने बिषयमा हस्ताक्षर सम्झौता कार्यक्रम सम्पन्न

२०८२ वैशाख १३ शनिवार

काठमाडौ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन...

डिआइजी राजन अधिकारीद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा निर्देशन

डिआइजी राजन अधिकारीद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा निर्देशन

२०८२ वैशाख ११ बिहीवार

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन...

सिप सँगै रोजगार सम्झौता तथा तालिमको शुभारम्भ

सिप सँगै रोजगार सम्झौता तथा तालिमको शुभारम्भ

२०८२ वैशाख ३ बुधवार

बिराटनगर ।  अरिहन्त मल्टी फाइवर्स लिमिटेड विच सिप संगै रोजगार...