पूर्वी नेपाल केन्द्रीत चुनावी दौरामा बालेन शाह, आज पाँचथरमा प्रचार
वि.सं.२०८२ माघ ८ बिहीवार १४:४३
3.54K
shares
shares

पाँचथर। रास्वपाका वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी अभियानमा सक्रिय रूपमा खटिएका छन्। केही दिनदेखि झापामा रहेका शाह आज बिहान इलाम पुगेर मतदाता भेटघाटमा जुटिएका थिए।
इलामको कार्यक्रम सकेपछि उनी पाँचथर आइपुगेका छन्। यहाँ उनले पार्टीका उम्मेदवारको प्रचारप्रसार गर्दै मत माग्ने कार्यक्रम रहेको जनाइएको छ।
शाह प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट उम्मेदवार बनेका छन्।



















