प्रदेश २ मा जन्मसिद्ध नागरिकका १ लाख सन्तान नागरिकताविहीन

6.1K
shares

काठमाडौं । प्रदेश २ सरकारले नागरिकता विधेयक छिटो पारित गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेको छ ।

प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राज्य व्यवस्था समितिमा पत्र लेख्दै नागरिकता नभएका कारण धेरै विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा भर्ना गर्नका साथै अन्य विषयमा समस्या भइरहेको भन्दै यथासिघ्र विधेयक पारित गर्न आग्रह गरेको हो ।

‘नागरिकता विधेयकलाई धेरै लम्ब्याउनुहुँदैन, नागरिकता नभएका कारण धेरै विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा भर्नासँगै थुप्रै विषयमा समस्या भइरहेको छ’ पत्रमा भनिएको छ । प्रदेश सरकारले प्रदेश २ मा झण्डै एक लाखको हाराहारीमा युवायुवतीहरु जन्मसिद्ध नागरिकका सन्तान भएको विवरण दिँदै नागरिकता नभएका कारण उनीहरु उच्च शिक्षाका लागि भर्ना हुन नपाएको जनाएको छ ।

मुख्य न्यायाधीवक्ता झाले सर्वोच्च अदालत र उच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन धेरै आदेश गरेको भए पनि प्रमुख जिल्ला अधिकारीहरुले अदालतको परमादेश नमानेको पनि बताएका छन् । प्रदेशसभा २ ले पनि नागरिकसम्बन्धी विधेयक छिटो पारित गर्न सुझाव प्रस्ताव पारित गरेको पनि मुख्य न्यायाधीवक्ता झाले जानकारी गराएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083