प्रदेश ३ को राजधानी मतदानबाट टुंगो लगाने तयारी

7.24K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सोमबार सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेका हुन् ।

यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ ।

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा ९एमाले० र तत्कालीन नेकपामाओवादी केन्द्र०को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ ।

प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । प्रदेश नं ३ मा २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । यस्तै गण्डकी प्रदेश कमिटीको सङ्ख्या १८७ रहनेछ । प्रदेश नं ५ को कमिटी २०३ सदस्य बन्ने भएको छ । कर्णाली प्रदेशमा १७५ सदस्यीय छ । सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ ।


Mitsubishi Long Ad