फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ
वि.सं.२०७५ वैशाख ६ बिहीवार १६:३७
8.96K
shares
shares

दीपक मनाङ्गे
काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहिबार पक्राउ गरेको हो ।गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।
यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्राक भएपछि प्रहरी टोली त्यहाँ पनि पुगेको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयंम्भूबाट पक्राउ परेको हो ।












