डिआईजी दिपेन्द्र जि.सीद्वारा अन्तर प्रहरी इकाई पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

1.79K
shares

पाेखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण पोखरामा अन्तर प्रहरी इकाई पुरुष भलिबल प्रतियोगिता शुभारम्भ भएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सीले एक कार्यक्रका बिच उक्त भलिबल प्रतियोगिता उद्घाटन गर्नुभएको हाे ।

कार्यक्रम उद्घाटनमा बोल्दै प्रहरी नायव महानिरीक्षक जि.सी.ले भलिबल खेलका माध्यमबाट प्रहरी कर्मचारीमा भातृत्वको भावना विकास गरी प्रहरी सेवा प्रवाहमा थप चुस्तता ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

उक्त प्रतियोगितामा गण्डकी प्रदेश मतहतका ११ वटै जिल्लाका खेलाडीहरुको १२ टिमको सहभागिता रहेको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अभिमन्यु श्रेष्ठ, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सी लगायतका प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नयाँ वर्ष २०८३ सालको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।


unigloble collage
baneshwor multiple campus ad -2083