प्रदेश ५ मा दशैं-तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

Nepal Life Insurance Long Ad

दाङ । प्रदेश नं ५ मा दशैं तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।

घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो ।

यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् । सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन् । त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ ।

सो अवधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिए । त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिए ।


लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी...

लुम्बिनी प्रहरी प्रदेश कार्यालयबाट बिदा भए डिआईजी दान बहादुर कार्की !

लुम्बिनी प्रहरी प्रदेश कार्यालयबाट बिदा भए डिआईजी दान बहादुर कार्की !

२०८२ वैशाख १३ शनिवार

लुम्बिनी । लुम्बिनी प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक...

शान्ति सुरक्षा मजबुत बनाउन जनमुखी कार्यक्रम सञ्चालन गर्न लुम्बिनी प्रदेश प्रहरीद्वारा कार्य योजना

शान्ति सुरक्षा मजबुत बनाउन जनमुखी कार्यक्रम सञ्चालन गर्न लुम्बिनी प्रदेश प्रहरीद्वारा कार्य योजना

२०८१ माघ १३ आइतवार

काठमाण्डौं। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)...

डिआईजी दानबहादुर कार्कीद्धारा प्रहरी कार्यालय गुल्मीको निरीक्षण

डिआईजी दानबहादुर कार्कीद्धारा प्रहरी कार्यालय गुल्मीको निरीक्षण

२०८१ पुस २७ शनिवार

लुम्बिनी । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी...

कर्तव्यबाट बिमुख नभई नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न डिआईजी कार्कीको निर्देशन

कर्तव्यबाट बिमुख नभई नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न डिआईजी कार्कीको निर्देशन

२०८१ पुस ५ शुक्रवार

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी...

लुम्बिनी प्रदेशमा डिआईजी कुबेर कडायतले ११ महिनामा गरेका उत्कृष्ट काम

लुम्बिनी प्रदेशमा डिआईजी कुबेर कडायतले ११ महिनामा गरेका उत्कृष्ट काम

२०८१ पुस २ मंगलवार

दाङ । केही दिन अघि मात्रै सरुवा हुनु भएका लुम्बिनी...