३ सय ७८ वर्ष पुरानो कात्तिक नाच शुरु

Nepal Life Insurance Long Ad

काठमाडौं । यस वर्षको कात्तिक नाच शुरु भएको छ । नाच सोमबार साँझ ललितपुरको मंगलबजारस्थित डबलीमा शुरु भएको हो ।

३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच १२ दिनसम्म नियमित देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको बताइन्छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख ९लोक नाटक० १० दिन थपेर १५ दिनको पु‍र्याएको इतिहासकारहरुको भनाइ छ ।

यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ । २७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइन्छ । विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो ।

कात्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच यो वर्ष मंसिर ५ गते देखाइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

अन्य नाच बेलुका ७ बजे शुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ । कात्तिक नाच पहिला एक महिना देखाइने गरिएको भए पनि आर्थिक अभावका कारण छोट्याएको थियो । पछिल्ला वर्षहरुमा भने १२ दिन देखाउन थालिएको छ । आयोजकका अनुसार, यो नाच सञ्चालनका लागि वार्षिक साढे ५ लाख खर्च हुने गरेको छ ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...