अरनिको राजमार्ग : छिटो मुआब्जा वितरण गर्न आग्रह

6.16K
shares

बनेपा । बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन्। साँगाका ईश्वर मानन्धरले आफ्नो घर नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले भत्काएको हप्तौ बितिसक्दा पनि अहिलेसम्म मुआब्जा कहिले पाउने भन्ने नै थाहा पाउन नसकेको भन्दै आक्रोश पोखे।

सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने भने पनि विसं २०२६ देखि सो स्थानमा घर बनाएर साना होटल सञ्चालन गर्दै आभएका उनले हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाईन्छ भन्नेमा कुनै जानकारीसमेत नदिएको बताए। “घर भने पनि जग्गा भने पनि त्यही मात्र थियो, अहिले डेरामा बसिरहेका छौँ”, मानन्धरले भने, “सडक विस्तार गरेकामा खुशी छौँ तर हामीले अहिलेसम्म मुआब्जा पाइरहेका छैनौँ ।

“नगर प्रमुख लक्ष्मीनरसिंह बादेले दशैँ अगाडि नभत्काउने र भत्काउनुभन्दा अगाडि नियमअनुसार मुआब्जा पाउनेको मुआब्जा वितरण गर्ने भन्नुभएको थियो, तर अगाडि नै भत्कायो”, मानन्धारले भने। बनेपा नगरपालिका–१४ का वडाध्यक्ष गौरी राउतले नक्सापासअनुसारको मुआब्जा पाउनुपर्ने व्यक्तिको विवरण सङ्कलन गरेर नगरपालिकामा पेश गरी त्यहाँबाट डिभिजन सडक कार्यालयमा पेश गर्ने काम अगाडि बढिसकेको बताए।


Jws collage
divya collage
unigloble collage